टि–२० शृङ्खलामा नेपालको विजयी सुरुआत, ओमान ६ विकेटले पराजित

टि–२० शृङ्खलामा नेपालको विजयी सुरुआत, ओमान ६ विकेटले पराजित


काठमाडौं, २८ माघ । चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले जित हात पारेको छ । ओमानले दिएको एक सय ३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनको योगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।
आजको खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी यो उपलब्धि हात पार्ने नेपालको पहिलो खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले यो उपलब्धि हात पारेका छन् । यस्तै आजको खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलो खेलमा नै सफलता हात पार्न सफल भए ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।