काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् । थापाले आफ्नो नेतृत्वमा राष्ट्रिय एकता पार्टी दर्ता गर्न लागेका उनीनिकट नेता राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार अहिले नयाँ पार्टीको विधान लगायत विषय टुंग्याउने काम भइरहेको छ। पार्टीको मूख्य अजेण्डाको रुपमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने विषय छ । यस्तै, राजा नभइ राजसंस्थाको विषयलाई कसरी आफ्नो अजेण्डामा समावेश गर्ने भन्नेमा छलफल भइरहेको बर्तौलाले जानकारी दिए ।
विधान लगायतको सबै काम सकेर फागुन १ गते निर्वाचन आयोगमा पार्टी दर्ताको लागि जाने तयारी भइरहेको बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया