सत्यमोहन जोशीलाई निमोनिया संक्रमण, अस्पताल भर्ना

सत्यमोहन जोशीलाई निमोनिया संक्रमण, अस्पताल भर्ना


काठमाडौं २५ माघ । स्वास्थ्यमा समस्या देखिएर किस्ट अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको सङ्क्रमण देखिएको छ । छातीमा निमोनिया सङ्क्रमण देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
जोशीलाई हिजो सोमवार राति किस्ट अस्पतालमा भर्ना गरिएको हो । उहाँको पीसीआर परीक्षणका लागि स्वाब जाँच गर्न पठाइएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
अहिले जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको देखिएको अस्पतालले जनाएको छ ।