अष्ट्रेलियाबाट कृष्ण गिरीले गरे एनआरएनएको केन्द्रय उपमहासचिवमा उम्मेदवारी घोषणा

अष्ट्रेलियाबाट कृष्ण गिरीले गरे एनआरएनएको केन्द्रय उपमहासचिवमा उम्मेदवारी घोषणा


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–२५ कार्यकालका लागि उपमहासचिवमा पदमा अष्ट्रेलियाबाट कृष्ण गिरीले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएका युवा अभियन्ता एवं पूर्व एनआरएनए आइसिसी युवा संयोजक गिरीले उपमहासचिव पदमा उम्मेदवारी दिएका हुन्। 

आफ्नो अनुभव, दक्षता, विज्ञतालाई संस्थाको पदीय जिम्मेवारीमा बसी योगदान गर्न सक्ने विश्वासका साथ नयाँ सोच र जोस सहित संस्थाको रूपान्तरणका लागि आफूले उपमहासचिव पदमा दिएको बताएका छन्। नेपाली डेयासपोरामा रहेका अभियन्ता, अग्रज एवं साथीहरूको सल्लाह सुझाव पछि उपमहासचिव पदमा उम्मेदवारी दिने निष्कर्मा पुगेको गिरीले स्पष्ट पारे। 

सन २०१३ मै एनआरएनए आईसीसीको युवा संयोजक भएर काम गरिसकेका गिरीले प्रवासमा रहेका दोश्रो पुस्तालाई नेपाल र नेपालीसँग जोड्न गरेको “डलर १ कापी र कलम” परियोजनाले निक्कै चर्चा पाएको थियो। एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्नेको पहिचान बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आइसिसी सातौ क्षेत्रिय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनीय एवं मुख्य कार्य सम्पादन गरेका छन्। 

गिरी सन २०११ देखि निरन्तर आइसिसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन्। हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका गिरी झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन। विद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा काम गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव रहेको छ। 

गैर आवासीय नेपाल संघ पूर्णरुपमा नेपाल सरकार, राजनीतिक दल र नेताहरूसँग मिलेर नेपालीका लागि नेपाली नार सहित कार्य गर्नुपर्ने वास्तविकतालाई नजिक बाट बुझेका इन्जिनियरसमेत रहेका कृष्ण गिरीले संस्थाको आन्तरीक सुधार र नीतिगत कार्यका लागि थप योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। 

१० वर्ष भन्दा बढी समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभव सँगालेका गिरीमा डिजिटल टेक्नोलोजी एवं आईटिमा समेत निपूर्णता रहेको छ। अष्ट्रेलियान राज्य सरकारको शिक्षा विभागमा आईटि स्पेसलिष्टका रूपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरूलाई टेक्नोलोजीका माध्यमबाट जोडन भूगोलले छेक्दैन भन्ने अभियान समेत चलाएका थिए। 

सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका अष्ट्रेलियाबाट सबैको सहयोग प्राप्त हुनेमा गिरी विश्वस्त छन्। उनले यही बिश्वसले अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग र साथ मिल्ने आशा सहित सहयोगका लागि अपिल समेत गरेका छन्।