एनआरएनएको केन्द्रीय कोषाध्यक्षमा ठाकुरको उम्मेदवारी घोषणा

एनआरएनएको केन्द्रीय कोषाध्यक्षमा ठाकुरको उम्मेदवारी घोषणा


काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनमा ठाकुर प्रसाद ढुंगानाले आइसीसीको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

सन् २०१७–१९ र १९–२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७–१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए।

व्यवसायसँगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदि–बहिनीको दुख सुखमा साथ दिँदै आइरहेका छन्। स्थापित पर्यटन व्यवसायीको छवि बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धित विषयमा गहिरो ज्ञान राख्दछन्।

देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाइ कमाएको र‌ सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानले बताए। आईसिसिको अनुरोधमा २०२१–२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए।

समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आफू सफल भएको ढुंगाानाको भनाइ छ। मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन्।

युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन्।

नेपालको आर्थिक ऊन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तीरका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पष्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन्।

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्।