काठमाडौं । नेपाल सरकार र चिकित्सक संघका पदाधिकारीबीचको छलफलबाट ६ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ । ईमर्जेन्सी सेवा बाहेक सबै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकको कारण सर्वसाधारण मारमा परेका थिए । गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा।विकास थापा र डा।प्रशान्त बिडारीमाथी अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला एक मृतकका आफन्तहरुले कुटपिट गरेका थिए । यही विषयलाई लिएर देशैभरका चिकित्सक आन्दोलित भएका हुन् ।
कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा।विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।घटनाका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन २०७९० को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने, चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने लगायतका सहमति भएका छन्। यस्ता छन् सहमतिका बुँदा –
प्रतिक्रिया