काठमाडौँ ।
हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलिमात्रै अन्तिम संस्कार गरिने भएको छ। उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन्।
जेठो छोरा मिङ्सो नेम्बाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङले जानकारी दिए।
त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ। केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ। नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो।
यो पनि…
प्रतिक्रिया