न्यूसाउथवेल्सका स्कुले बालबालिकाको अभिभावकले ५ सय डलर भौचर पाउने

न्यूसाउथवेल्सका स्कुले बालबालिकाको अभिभावकले ५ सय डलर भौचर पाउने



सिड्नी अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका प्रिमियर डोमेनिक पेरोटेले राज्यमा रहेका स्कुले अभिभावकहरुले ५ सय डलरको भौचर प्राप्त गर्ने बताएका छन् । न्यूसाउथवेल्स राज्य सरकारले बढ्दो कोरोना महामारीका कारण सिर्जित आर्थिक असन्तुलनलाई ध्यानदिँदै यस्तो निर्णय गरेको उनले बताए ।

उनले भने, यो सहयोगले आमाबुबाहरुलाई काम र पारिवारिक जीवनमा सन्तुलन ल्याउन सहयोग पुग्ने अपेक्षा छ ।

यस योजनामा १ सय ५५ मिलियन डलर खर्च गरिनेछ । प्रिमियर पेरोटेले आफ्नो प्राथमिकता सदैव परिवार रहँदै आएको बताएका छन् ।
राज्यका शिक्षामन्त्री सराह मिसेलले अत्यावश्यक सेवामा रहेका अभिभावकहरुले अत्यधिक मात्रामा स्कुलपूर्व र स्कुल सकिएपछिको केयरका लागि खर्च गरिरहनुपरेको भन्दै त्यसमा थोरै भएपनि सहयोग गर्ने आफुहरुको योजना रहेको बताइन् ।

राज्य सरकारले विद्यार्थीलाई स्कुल पठाउने र अभिभावकहरुलाई काममा जान सहयोग गर्ने सबै कार्य गर्ने उनको भनाई थियो ।