अस्ट्रेलियन ओपन टेनिसको उपाधि नाडाललाई

अस्ट्रेलियन ओपन टेनिसको उपाधि नाडाललाई


काठमाडौं, १६ माघ । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् ।
उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमानी २१ औँ ग्रान्डस्लाम जित्न सफल भएका हुन् । रोजर र नोभाकले समान २० औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । यूएस ओपन च्याम्पियन मेद्भेदेभ दोस्रो उपाधि जित्न चाहन्थे तर त्यो सफल भएन । सुरुवाती खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका २५ वर्षीय उनले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् ।