विभिन्न विधामा एनआरएनए एक्सीलेन्स एवार्ड प्रदान, मिडियातर्फ सरल गुरुङलाई !

विभिन्न विधामा एनआरएनए एक्सीलेन्स एवार्ड प्रदान, मिडियातर्फ सरल गुरुङलाई !



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा प्रदान गर्दै आएको एक्सीलेन्स एवार्ड साधारणसभाको अवसर पारेर सिड्नीमा प्रदान गरिएको छ । यस पटकको एक्सीलेन्स एवार्डको छनोट कमिटीमा १६ जना संलग्न थिए भने नेतृत्व भिष्म भण्डारीले गरेका थिए ।

शनिबार सिड्नीमा आयोजना गरिएको साधारणसभाको घोषणासभा तथा गाला डिनर कार्यक्रममा एक्सीलेन्स एवार्ड प्रदान गरिएको हो । एक्सीलेन्स एवार्डसँगै प्रेसिडेन्ट एवार्ड र स्पेशल रेकग्नीसन भन्दै थप व्यक्तित्वहरुलाई पनि उनीहरुको कामको प्रोत्साहनस्वरुप एवार्ड प्रदान गरिएको छ ।

एक्सीलेन्सतर्फ एनआरएनए अफ दि ईयर डा. डिल्ली बन्जाडेलाई प्रदान गरिएको छ । यस्तै मिडिया पर्सनालिटी अफ दि ईयर सरल गुरुङ, कल्चरल एम्बेसडर अफ दि ईयर ममता तिवारी, कम्युनिटी सर्भिसेज पर्सन अफ दि ईयर नारायण गौतम, अर्गनाईजेसन अफ दि ईयर २०२३ जिलोङ नेप्लीज कम्युनिटी, विजनेस पर्सन अफ दि ईयर आदर्शजंग पाण्डे, एनआरएनए ओमन अफ दि ईयर सन्तोषी गौतम, स्टेट पर्सन अफ दि ईयर सुरज पौडेल, हिउँपति गुरुङ, गिरिश शर्मा भएका छन् ।

यस्तै विश्वविद्यालयतर्फ स्टुडेन्ट अफ दि ईयर आशिष ठगुन्ना, स्टुडेन्ट अफ दि ईयर ९ईयर १२० अवार्ड बिनम श्रेष्ठ र गौरब थापालाई प्रदान गरियो । फ्रेन्ड्स अफ नेपाल डा। रे हडसन, स्पोर्टस पर्सन अफ दि ईयर १८ वर्षमुनी अंशु आले, स्पोर्टस पर्सन अफ दि इयर १८ वर्षमाथि सुजनकुमार सिल्पकार, युथ अफ दि ईयर भविश श्रेष्ठ पुरस्कृत भएका छन् । उनीहरुलाई प्रमाणपत्र र एवार्ड हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एवार्ड कमिटीका प्रमुख भिष्म भण्डारी र एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले र नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एवार्ड हस्तान्तरण गरेका थिए ।

प्रेसिडेन्ट एवार्डतर्फ सिर्जना सैंजु, प्रकाशकाजी थापा, हाम्रो पाठशाला क्यानबेरा, मुक्तिराम पोखरेल, विजेन बटाजु, सुनील पराजुली, सूर्यप्रसाद गौतम, मुरारी लम्साल, पत्रकारहरु कृष्ण तिवारी र तक्दीर अधिकारीलाई प्रदान गरिएको छ ।
एनआरएन अष्ट्रेलिया स्पेशल एप्रिसियसन एवार्ड देव गुरुङ, डिला खरेल, सरु गुरुङ, प्रकाश लामिछाने, मानवी पौडेल, अदिती कँडेल, अदिती खरेल, जेनिसा गौतम र नवीन विडारीलाई प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रममा उपस्थिति विभिन्न व्यक्तित्वहरुले एवार्ड हस्तान्तरण गरेका थिए ।

करिब १० दिनको समय दिएर एक्सीलेन्स एवार्डका लागि मागिएको आवेदनमा कूल १ सय २९ वटा नोमिनेसन परेको थियो । जसमध्ये एकै व्यक्ति विविध विधामा गरी ४४ आवेदन थिए भने ८५ जना व्यक्तिको आवेदन परेको एवार्ड कमिटीका संयोजक भण्डारीले जानकारी दिए । एउटै एवार्डका लागि १० वटासम्म आवेदन परेको थियो ।