राप्रपामा २४ पदाधिकारी मनोनित !

राप्रपामा २४ पदाधिकारी मनोनित !


काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिंदेनले २४ पदाधिकारी मनोनित गर्नुभएको छ । उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्रीलगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको हो ।
राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद शाह, सह–महामन्त्री सात जना मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुनुभएको छ ।
यसैगरी, प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुनुभएको छ। राप्रपा सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेश कुमार साह र पूर्णबहादुर चन्द मनोनित हुनुभएको छ ।
राप्रपा सहायक सह–महामन्त्री छ जना रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राई मनोनित हुनुभएको हो ।
राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरुलाई विभिन्न पदमा मनोनित गर्नुभएको हो । राप्रपाले प्रेस विज्ञप्तिमार्फत पनि पदाधिकारी तथा प्रमुखको नियुक्तिबारे जानकारी दिएको छ ।