आज ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

आज ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १६ माघ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । हिजो शनिवार पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ५९ जना निको भएका छन् । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो २४ घण्टाको नभइ यस अघि विवरण प्राप्त हुन बाँकी घटनाहरू रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।
अहिले नेपालमा ८३ हजार नौ सय ९९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।