होबार्टका महामारी प्रभावित नेपाली व्यवसायीहरुका लागि तालिम

होबार्टका महामारी प्रभावित नेपाली व्यवसायीहरुका लागि तालिम


होबार्ट, तास्मानिया ।

कोरोना महामारीका कारण प्रभावित बनेका नेपाली व्यवसायीहरुका लागि होबार्टबाट ‘रोड टु रिकभरि’ तालिम सञ्चालन गरिएको छ । शनिबार भर्चुअल माध्यमबाट सञ्चालित तालिमममा एकाउन्टेन्ट प्रकाश भण्डारीले व्यवसायिक स्वरुप परिवर्तन गर्दै अनलाईनमा समेत आफ्नो उपस्थिति बढाउन सुझाएका थिए ।

साना व्यवसायीहरुलाई आम्दानीको मार, कर्मचारीको तनाव र सँगसँगै रोग लाग्ने डर आदिले गर्दा मानसिक समस्या समेत बढ्न सक्ने बतँएका थिए । उनले व्यवसाय र कर्मचारीबीच, व्यवसाय र सरकारी निकायबीच र व्यवसायी र व्यवसायीबीचको सम्बन्धमा ल्याउन सकिने सुधार र यसले व्यवसायमा पार्ने असरबारे आफ्नो भनाई राखेका थिए ।

यस्तै हाल प्रिमियरको कार्यालयमा रहेका र यसअघि कोभिड रेस्पोन्स युनिटमा रही काम गरिसकेका संसार राज चिमोरियाले सरकारी निकायसँग कसरी काम गर्ने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले नेपाली समूदायका व्यवसायी मात्र नभएर सबै साना व्यवसाय गर्नेहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको समस्या सरकारी निकायसमक्ष लैजान सकिएमा प्रतिफल प्राप्त हुने सुझाए । कार्यक्रमको अन्त्यमा गायक जय घलेले आफ्नो प्रस्तुति दिएका थिए ।

उपस्थित व्यवसायीहरुले यस किसिमको तालिम नियमित गर्न र अप्ठेरो परेको बेला सम्पर्क गर्न सकिने माध्यमको विकास गर्न पनि सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रेवन्त बस्नेतले महामारीबाट समस्यामा परेका व्यवसायीहरुलाई कसरी एकताबद्ध बनाउँदै उनीको व्यवसायिक हितका साथै मानसिक स्वास्थ्यमा समेत उल्लेखनीय योगदान दिन आफुहरुले यस्तो कार्यक्रम आयोजना गरेको भन्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव उमेश सेन्चुरीले गरेका थिए ।