बुटवलकी प्रभा पाण्डेको अष्ट्रेलियामा निधन, अन्तिम बिदाईका लागि सहयोग संकलन गरिँदै !

बुटवलकी प्रभा पाण्डेको अष्ट्रेलियामा निधन, अन्तिम बिदाईका लागि सहयोग संकलन गरिँदै !



पर्थ, अष्ट्रेलिया ।

वेष्टर्न अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएकी एक नेपाली महिला मृत अवस्थामा फेला परेकी छिन् । दुई महिना अघि आफ्नो ६ साताको सन्तान समेत गुमाएकी प्रभा पाण्डे गत जनवरी २० तारिखमा मृत अवस्थामा फेला परेकी हुन् ।

उनको निधनको कारणबारे प्रहरीले छानविन गरिरहेको छ । एनआरएन वेष्टर्न अष्ट्रेलियाले जनाए अनुसार उनी ६ वर्षअघि अष्ट्रेलिया आएकी हुन् । स्थानीय भिक्टोरिया पार्कस्थित युनिटमा बसोबास गर्ने पाण्डेका श्रीमान नवराज पौडेलसहित पर्थवासी नेपाली यतिबेला शोकमा छन् । हालै पढाई सकेर टीआरमा रहेको बेला यस्तो दुखद घटना भएको छ ।

एनआरएनले शवलाई परिवारको सल्लाह अनुसार नेपाल पठाउने वा यहाँ नै दाहसंस्कार गर्दा समेत आइपर्ने खर्च जुटाउनका लागि सहयोग संकलन सुरु गरेको छ । एनआरएन वेष्टर्न अष्ट्रेलियाको आफ्नै खातामा सहयोग गर्न सकिनेछ ।

एक सूचना जारी गर्दै एनआरएन वेष्टर्न अष्ट्रेलियाले भनेको छ, “मृत शरीर अन्त्येष्टिका लागि नेपाल पठाउने या यहीँ दाहसंस्कार गर्नेबारे परिवारमा छलफल भइरहेको र उक्त कार्यका लागि धेरै कम खर्च हुने गरेकोले मृतका श्रीमान तथा परिवारले आर्थिक संकलन गरी सहयोग गरिदिन पर्थवासी नेपाली संघसंस्थालाई विनम्र आग्रह गर्नुभएको छ । यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै आफ्नो स्वेच्छाले यस कार्यमा आर्थिक सहयोग गरिदिनुहुन हामी आग्रह गर्दछौं ।”

Account Details

A/ C Name : NRNA-WA

BSB: 032-006

A/C No: 561999