‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’


काठमाडौँ ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिवशङ्कर रिजालले बताए।

उनले दैनिक योग गर्नुका साथै हाँस्ने गर्नुहुन्छ। “म हाँस्ने योग १५ देखि २० मिनेटसम्म गर्ने गरेको छु। म देखावटी नभई मनदेखि नै हाँस्छु। यसले स्वस्थ पनि बनाउँछ”, हास्य कलाकार रिजालले भने। उनको दिनचर्या नै योग र व्यायाममार्फत सुरू हुन्छ।

हाँस्दा मष्तिस्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले ‘मुड’ ठीक गर्न मद्दत गर्छ। मुड ठीक हुनुको अर्थ हो जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु। मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ।

हास्य कलाकार किरण केसीले हास्य विधालाई दर्शकले रोजाइको प्राथमिकतामा राखेको बताए। “हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन्। देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन्।

यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हास्य कलाकार केसीले भने, “हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ। त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन्।”