४९६१ कोरोना संक्रमित थपिए, काठमाडौंमै दुईतिहाइ

४९६१ कोरोना संक्रमित थपिए, काठमाडौंमै दुईतिहाइ


काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो ।
२४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको छ। जसमा पीसीआर १२ हजार ५६२ र एन्टिजेन २ हजार ५६९ भएको हो । त्यस्तै ४३५ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।
हाल सक्रिय सक्रमितको संख्या २५ हजार ६८० रहेको छ । नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो ।
उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।