सीताको बिदाइ : नर्भिकदेखि दागबत्तीसम्म (फोटो कथा)

सीताको बिदाइ : नर्भिकदेखि दागबत्तीसम्म (फोटो कथा)


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार निधन भयो। बुधबार अपराह्न राष्ट्रिय सम्मानका साथ उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। २०७४ सालदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट थलिएकी थिइन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव थापाथलीस्थित नर्भिक अस्पतालमा सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सिता दाहालको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’, उनकी छोरी रेणु दाहाल, छोरी गंगा दाहाललगायतका आफन्तहरु।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी कार्यालय पेरिसडाँडा राखिएको धर्मपत्नी सीता दाहालकोे पार्थिव शरीरमा पुष्पहार अर्पण गर्दै।
प्रधानमन्त्री सीता दाहालको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको पार्थिव शरीरिमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी छोरीद्वय रेणु र गंगा दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धर्मपत्नी सीता दाहालकोे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि पार्टीको झण्डा ओढाउँदै।
प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्टी कार्यालय पेरिसडाँडा राखिएको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै वरिष्ठ वामपन्थी नेता मोहन वैद्य (किरण) ।
सीता दाहालको पार्टी कार्यालय पेरिसडाँडा राखिएको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एकीकृत समाजविादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।
सीता दाहालको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको पार्थिव शरीर दाह संस्कारका लागि पशुपतिस्थित आर्यघाटतर्फ लगिँदै।
दाहालको पार्थिव शरीर दाह संस्कारका लागि आर्यघाटतर्फ लगिँदै।
दाहालको पार्थिव शरीर दाह संस्कारका लागि आर्यघाटतर्फ लगिँदै।
सीता दाहाललाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती।
सीता दाहाललाई पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाउँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार पशुपति आर्यघाटमा धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिँदै।
बुधबार पशुपति आर्यघाटमा धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)।
दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न पशुपतिक्षेत्र पुगेका सर्वसाधारण।
दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न पशुपतिक्षेत्र पुगेका सर्वसाधारण।
दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न पशुपतिक्षेत्र पुगेका सर्वसाधारण।