सीमा विवादबारे भारतले के भन्यो ?

सीमा विवादबारे भारतले के भन्यो ?


काठमाडौं १ माघ । नेपाली भूमि मिचेर कालापानी क्षेत्रमा सडक बाटो निर्माण गरिरहेको भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सीमा सम्बन्धमा आफ्नो सरकारको धारणा यथावत् रहेको प्रष्ट पारेका हुन् ।
कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’ विज्ञप्तीमा भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्न सकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फत सीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमा विगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।
पुस १५ गते नेपालको बाटो हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा बोलेपछि उक्त अभिव्यक्तिलाई लिएर नेपालमा लगातार विरोध भइरहेको छ । साथै, नेपालको सत्तारुढ दल कांग्रेसदेखि प्रमुख प्रतिपक्ष दल एमाले पनि यस बारेलाई आपत्ति जनाएर विज्ञप्ती जारी गरिसकेको छ । नेपाल सरकारले त २०७७ सालको वैशाखमै उक्त क्षेत्रमा भारतले सडक निर्माण गरेको त्यहाँका रक्षा मन्त्री राजनाथ सिंहले बोलेको मिडियामा आएरपछि कूटनीतिक नोट पठाउँदै निर्माण कार्य तत्काल रोक्न र कूटनीतिक वार्ताको लागि आउनको लागि आग्रह गरेको थियो । जसलाई भारतले पूर्ण रुपमा नका¥यो ।
सरकाले भारतलाई कूटनीतिक नोट पठाएर विरोध गर्ने वा सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने भन्ने बारेमा निर्णय गर्न सकेको छैन ।