४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


काठमाडौं १ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ सय ५० जना निको भएका छन् । थप ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ । नेपालमा २१ हजार ५ सय ८४ जना कोरोना भइरसका सक्रिय सङक्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
योसहित नेपालमा अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउनेको सख्या २ करोड ७९ लाख ११ हजार १ सय ८८ जना पुगेको छ । जसमध्ये १ करोड ५८ लाख १४ हजार ३ सय ८३ जनाले कोरोनाको पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८ सय ५ जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।