अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला

अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौँ ।

अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेलाकाठमाडौँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेला परेका छन्। बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका प्रहरीले जनाएको छ।घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए। फिल्म हाल छायाङ्कनरत छ।

‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ। उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ।