कसले पोस्ट गरिदियो रोबिनको फेसबुक पेजमा मृत्युको खबर ? 

कसले पोस्ट गरिदियो रोबिनको फेसबुक पेजमा मृत्युको खबर ? 


काठमाडौँ ।

चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक रोबिन तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परे। ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत भेटिएका हुन्।

गायक रोबिनको निधनबोर एउटा अच्चमको कुरा केछ भने उनको मृत्यु भएको खबर उनकै अधिकारकि फेसबुक पेजमा पोष्ट भएको थियो। राति १० बजेति पोष्ट भएको स्टाटसमा लेखिएको थियो अत्यन्तै दुखद खबर..रबिनको आज निधन भएको छ। हामी तपाईलाई जानकारी राख्नेछौं! सबैको मनमा जिज्ञासा होला निधन भइसकेको मान्छेले आफ्नो मृत्युको खबर कसरी दिन सक्छ। गायक रोबिनको निधनबारे जानकारी गराउन उनको फेसबुक पेजमा उनकै श्रीमतीले पोष्ट गरेको पाइएको छ। रोबिनको निधन भइसकेपछि उनकी श्रीमतीले निधनको खबर उनकै आधिकारिक फेसबुक पेजमा पोष्ट गरिदिएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।

तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन्। उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन्।

दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन्।‘ प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा गायक तामाङखाटको बायाँतर्फ उहाँ घोप्टो परेर लडिएको अवस्थामा मृत भेटिएका थिए।

तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन। तामाङको शव पोस्टमार्टमका लागि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। उनको अहिले पोस्टमार्टम गरिँदैछ। पोस्टमार्टमपछि उनको मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ।

गायक तामाङको अन्त्येष्टि फ्रान्सबाट छोरी आएपछि मात्रै गरिने परिवारले बताएको छ। छोरी आएपछि रोविनको स्वायम्भूनाथ परिसरमा अन्त्येष्टि गरिने बताइएको छ।