निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, छलफलका एजेन्डा के ?

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, छलफलका एजेन्डा के ?


काठमाडौं, २८ पुस । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रमुख राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो ।
बैठकमा प्रमुख तीन एजेन्डामा छलफल हुनेछ । प्रवक्ता पौड्यालका अनुसार स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुन लागेको हो । बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयन भएपछि पहिलो पटक निर्वाचित स्थानीय तहको निर्वाचन तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।