महिलाको चरित्र हत्या गरेको आरोपमा ४ युट्युबर पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा ४ युट्युबर पक्राउ


काठमाडौ, १३ असोज । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चार युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ‘दैनिक खबर’ युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भइ काठमाडौं बस्ने २१ वर्षीय प्रदीप भण्डारी, ’हरेक पलको खबर’ युट्युब च्यानलका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भइ काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, ’सरईचुली मिडिया’ युट्युब च्यानलका सञ्चालक मोरङको बेलबारी नगरपालिका–९ घर भइ काठमाडौं पेप्सीकोला बस्ने ३५ वर्षीया पिंकला कार्की र ’मोर्डन अनलाइन टिभी’ युट्युब च्यानलका सञ्चालक दोलखाको मैलुङ गाउँपालिका–४ घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरुले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको चरित्र हत्या गरेको इज्जत प्रतिष्ठामा आँच पु¥याएको पाइएपछि पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।