एक सातामै दुई हजार थपिए कोरोना संक्रमित

एक सातामै दुई हजार थपिए कोरोना संक्रमित


काठमाडौं, २२ पुस । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०.९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकामा उल्लेख गरेको छ ।
त्यस्तै एक हजार ८११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु हुने संक्रमितको संख्या १३ रहको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित थपिएका छन् ।
बुधबार २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ भने बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत बुधबार २०९, बिहीबार २३५, शुक्रबार २२४, शनिबार ३४२, आइतबार २१३, सोमबार २९१ मंगलबार ३५५ थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
नेपालमा कोरोना संक्रमणभएदेखि अहिलेसम्म ४८ लाख ९४ हजार ५३३ जनामा एन्टिजेन परीक्षण गरिएको छ । जसमा आठ लाख ३० हजार दुई जनामा कोरोना पृष्टि भएको छ । त्यस्तै आठ लाख ३९ हजार ५०४ जनामा एन्टिजेन परीक्षण गर्दा ९६ हजार ३८३ जनाको कोरोना पृष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जसमा ८१ लाख ३ हजार १७६ संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्तहुने दर ९८ प्रतिशत रहेको छ । संक्रमितमध्ये ११ हजार ६०१ जनाको मृत्यु भएको छ । नेपालमा मृत्युदर १.४ प्रतिशत रहको छ । नेपालमा पाँच हजार २२५ जना संक्रिय संक्रमित रहेका छन् । जसमा चार हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३७३ जना रहेका छन् । आईसीयूमा ८४ जना र भेन्टिलेटरमा १४ जना रहका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ५५ लाख २१ हजार ६३९ मात्रा खोप लगाइएको छ ।
कुल जनसंख्या मध्ये ४८.४ जनाले एक मात्रा र ३५.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ७३.९ प्रतिशतले एक मात्रा र ५४.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । अमेरिका, यूरोप, अफ्रिकी देशसँगै छिमेकी राष्ट्र भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिँदै गएको छ ।
अमेरिकामा एकै दिनमा १० लाख जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पनि तीन जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पृष्टि भएकोे छ । तेस्रो लहर नेपालमा नफैलियोस भनेर सरकाले पनि तयारी थालिसकेको छ ।
स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलन नदिन पूर्व तयारी गर्न आग्रह गरेको छ। तेस्रो लहरका विषयमा सरकार सचेत रहेको मन्त्रालयका प्रवक्त डा. संगिता मिश्राले बताउनुभयो । साथै नयाँ भेरियन्ट र कोरोनाको नयाँ लहरबाट जोगिन सरकारले परीक्षण बढाउने, खोप लगाउने कार्यलाई तीव्रता दिएको डा. मिश्राले बताउनुभयो ।
नयाँ भेरियन्ट समाजमा नफैलियोस् भनेर नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआरको तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्ने गरेको प्रवक्ता डा= मिश्रले बताउनुभयो । हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा.मिश्रले जनकारी दिनुभयो ।
जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट समाजमा फैलने जोखिम रहेकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा. मिश्रको सुझाव छ ।