प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर

प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर


मुम्बई ।

फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि अभिनेता जुनियर एनटिआरका हातमा धेरै फिल्म छन्। अहिले एनटिआर फिल्म ‘देवारा’को सुटिङमा व्यस्त छन्। जहाँ उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूर छिन्। फिल्ममा अभिनेता सैफ अली खान खलपात्रको रुपमा देखिँदैछन्। उनको यो तेलुगू डेब्यू हो।

जुनियर एनटिआर चाँडै नै फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निलको फिल्ममा देखिँदैछन्। एक्सन फ्लेभरको फिल्मको कथा भारत र पाकिस्तानको युद्धको पृष्ठभूमिमा आधारित हुनेछ।

फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास जुनियर एनटिआरको अपोजिटमा हुनेछिन्। फिल्मका लागि दीपिका पादुकोण र म्रुनल ठाकुरको चर्चा चले पनि प्रियंका फाइनल भएकी हुन्।

जुनियर एनटिआर अभिनेता ऋतिक रोशनका साथ ‘वार २’मा देखिँदैछन्। फिल्ममा अयान मुखर्जीको निर्देशन रहनेछ। फिल्ममा जुनियर भिलेनका रुपमा देखिँदैछन्।