परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं, १२ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका लिनुभएको थियो । कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उहाँले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न÷नगराउन आदेश पनि माग्नुभएको छ । ’यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८÷०६÷०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नू÷ नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नू÷ नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख छ ।