अभिताभ-जया बिबाहको ५० बर्ष पुरा, अभिताभले भेटदा जया सुपरस्टार थिइन्

अभिताभ-जया बिबाहको ५० बर्ष पुरा, अभिताभले भेटदा जया सुपरस्टार थिइन्


मुम्बई ।

अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ। दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन गुर्जाने वाचा गरेका थिए। एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरुले सँगै ५० वर्ष पूरा गरेका छन्। सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन।

श्वेताले पुरानो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी ५० मम्मी पापा, अब तपाई सुनौलो हुनुहुन्छ। एक पटक आमा र बुबालाई उनीहरूको सफल लामो वैवाहिक जीवनको रहस्य के हो भनेर सोधियो, तब आमाले प्रेमको जवाफ दिनुभयो र सम्भवतः बुबाले भन्नुभयो– पत्नी सधैं सही हुन्छ। मलाई लाग्छ यो सम्बन्धको रहस्य हो।

श्वेताले इन्स्टाग्राममा सेयर गरेको ब्ल्याक एन्ड ह्वाइट तस्विरमा दुबै जना निकै मासूम र क्यूट देखिएका छन्। विशेषगरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ। श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन्।

पहिलो भेट कहिले भयो ?
जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो। त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने संघर्षरत थिए। जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन्। त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए। आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए तर कुरा त्यहीँ रह्यो।

जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो। जब अमिताभको आँखा पर्यो, उनी हेरिरहे। जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे। परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन्। उनीहरुको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ। उनले दुवैलाई ‘गुड्डी’ का लागि एकसाथ ल्याएका थिए र यहीँबाट उनीहरुको मित्रता सुरु भयो।