एमाले सचिवालय बैठक : ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, १३ केन्द्रीय सदस्य थपिए

एमाले सचिवालय बैठक : ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, १३ केन्द्रीय सदस्य थपिए


काठमडौँ ।

नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरेफेर गरेको छ। एमालेले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको छ। प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ।

नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको ह ।

योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ। ३१४ हुनुपर्ने भए पनि एक जना निलम्बनमा छन्। जसमा एक जना (सचिव टोपबहादुर रायमाझी, नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाले) निलम्बनमा छन् ।

शुक्रबार मनोनित केन्द्रीय सदस्यहरुमा

१, मुकुन्द न्यौपाने, भोजपुर

२, प्रेमबहादुर सिंह, कालिकोट

३, भागवत विश्वासी, दाङ

४, चुणामणि जंगली, कास्की

५, हेमराज राई, भोजपुर

६, ठम्मर विष्ट, सुर्खेत

७, अजय गुप्ता, रौतहट

८, एकवाल मिया, बारा

९, गणेश खनाल, गुल्मी

१०, प्रेम तामाङ, रसुवा

११, यमबहादुर परियार, चितवन

१२, सुरेन्द्र मानन्धर, काठमाडौं

१३, उमाशंकर अरगरिया, धनुषा