उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, १२ असोज । गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्नेगरी विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर प्रमुख र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर नागरिकलाई अनुभूति देखिने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । मन्त्री खाणले भन्नुभयो– ‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुप¥यो । नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन । अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुप¥यो र चाडपर्वमा परिवर्तन देखिनुप¥यो ।’ ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ३ वटा महानगरीय प्रहरी परिसर प्रहरी प्रमुखले गृहमन्त्री खाणलाई चाडपर्व लक्षित सुरक्षा योजना सुनाएका थिए ।

मन्त्री खाणले परिवर्तनको परिणाम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिँदै भन्नुभयो, ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन् । योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुप¥यो, जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु प¥यो । प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिनुप¥यो ।’

खासगरी सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षत्राधिकारभित्र पर्दैन भनेर चुप नबसी कसको क्षत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि उहाँले निर्देशन दिनुभएको छ । ‘ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न आवश्यक छ,’ मन्त्री खाणले भन्नुभयो ।

बैठकमा उपत्यकाका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चालपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए ।

यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्य र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठ, महानगरीय टा«फिक महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गरेका थिए ।