नक्कली भुटानी शरणार्थी प्रकरणमा म संलग्न छैन : बालकृष्ण खाँण

नक्कली भुटानी शरणार्थी प्रकरणमा म संलग्न छैन : बालकृष्ण खाँण


काठमाडौँ ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् । सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँणले भने, ‘म संलग्न छैन ।’

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौँबाट थप चार दिनको म्याद लिएको छ । यसअघि लिएको तीन दिनको म्याद आजै सकिँदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भूमिका खेलेको प्रारम्भिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहीबार पक्राउ गरिएको थियो ।