नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप


काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिइएको छ ।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौँबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिँदै थियो । 

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भूमिका खेलेको प्रारम्भिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहीबार पक्राउ गरिएको थियो ।