अष्ट्रेलियामा नयाँवर्षको अघिल्लो दिन २९ हजारलाई कोरोना संक्रमण

अष्ट्रेलियामा नयाँवर्षको अघिल्लो दिन २९ हजारलाई कोरोना संक्रमण

यता भिक्टोरियामा नयाँ संक्रमितको संख्या ५ हजार ९ सय १९ छ भने तास्मानियामा १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी साउथ अष्ट्रेलियामा यो संख्या २ हजार ९३ जनालाई कोरोना लागेको छ ।


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा गएको केही दिनदेखि कोरोना संक्रमण उच्चदरमा फैलिरहेको छ । बिहीबार गरिएका विभिन्न परीक्षणमा प्राप्त नतिजा अनुसार न्यूसाउथवेल्समा २१ हजार १ सय ५१ नयाँ कोरेना संक्रमित फेला परेका छन् ।

यता भिक्टोरियामा नयाँ संक्रमितको संख्या ५ हजार ९ सय १९ छ भने तास्मानियामा १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी साउथ अष्ट्रेलियामा यो संख्या २ हजार ९३ जनालाई कोरोना लागेको छ ।

अहिले पूरै अष्ट्रेलिया क्रिसमस र नयाँ वर्षको बिदाको समयमा रहेका कारण धेरैजसो मानिसहरु आफन्तजनलाई भेट्न या घुमघामका लागि अन्य राज्यहरुमा गइरहेका छन् । यसले अष्ट्रेलियाभरि नै कोरोना फैलाउने कारण बन्ने आशंका छ ।

आजबाट नै लागू हुनेगरी सरकारले कोरोना लागेकाहरुलाई सात दिन मात्र आइसोलेसनमा बस्नुपर्ने गरी नियम परिवर्तन गरेको छ । केही चिकित्सकहरुले यो नियमले झन बढी कोरोना संक्रमण थपिने आशंका गरेका छन् । नयाँ नियम अनुसार अब अब पीसीआर परीक्षण गराउनका लागि एन्टीजेन टेष्टमा पोजेटिभ आएको हुनुपर्नेछ अथवा संक्रमणका लक्षणहरु देखिनुपर्नेछ । संक्रमितसँग कम्तिमा पनि चार घण्टा घर वा घरजस्तो परिवेशमा बसेका व्यक्तिहरुले मात्रै अनिवार्य परीक्षण र आईलोसेनमा बस्नुपर्नेछ । आईसोलेसनमा रहने समय पनि अब मात्र सात दिन बनाइएको छ ।

न्यूसाउथवेल्समा एकै दिन २१ हजार १ सय ५१ जनालाई कोरोना लागेको पुष्टि भएपछि अहिले स्थिति निकै चिन्ताग्रस्त बनेको छ । अष्ट्रेलियामा एउटै राज्यमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलो घटना हो । एकैदिन ६ जनाले पनि कोरोनाकै कारण ज्यान गुमाएका छन् । दुई साता अघि अन्तर्राष्ट्रिय यात्रीका लागि सिड्नीको विमानस्थल खुल्ला गर्ने र कोरोना रोकथामका लागि लगाइएका नियमहरु खुकुलो बनाउने बेलामा दैनिक कोरोना संक्रमण २५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको थियो ।