काठमाडौँ ।
भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।
भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।
प्रतिक्रिया