काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ । प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ ।
यसै क्रममा शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको खबर आजको नागरिक दैनिकले लेखेको छ।
फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए । उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए । तर पत्र पेस गर्ने व्यक्ति को थिए ? भन्ने खुलेको छैन । त्यही नखुलेकाले सिआइबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सिसिटिभी फुटेज लिएको छ ।
प्रतिक्रिया