कांग्रेसबाट गुरुङ, बस्नेत र लिम्बु मन्त्री नियुक्त

कांग्रेसबाट गुरुङ, बस्नेत र लिम्बु मन्त्री नियुक्त


काठमाडौँ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री दाहालले गरेको सिफासिरको आधारमा राष्ट्रपति रामचन्द्र पौडेले मन्त्रीहरुको कार्यभार तोकेका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुुसार नियुक्त भएका मन्त्रीहरुमा कानून, न्याय तथा संसदीय मामिलामा मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् । नियुक्ति भएका तीन जना मन्त्री नेपाली काँग्रेसका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि दिउँसो ३ बजे हुने छ ।