एसीसी प्रिमियर कप : नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनौट

एसीसी प्रिमियर कप : नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनौट


काठमाडौं ।

गुल्सनझार भीम सार्कीले चौथो विकेटका लागि गरेको साझेदारी काफीबन्दा नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३बलमा ३ विकेट खर्चेर लक्ष्य पूरा गरेको थियो । नेपालले ७ विकेटले जित हात पार्दा गुल्सनझा र भीम सार्कीले जमेर प्रदर्शन गरे ।

नेपालका लागि मध्यम गतिका बलरको रुपमा चिनिएका अलराउण्डर झाले ८४ बलको सामनागर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाएका थिए । यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे ।

वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज (मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेला भएका थिए ।

रनमा अल आउट भएको थियो । योसँगै खेल जित्न नेपालले ११८ रनको लक्ष्य पाएको छ । एसीसी प्रिमियर कप अन्तरगत जारी खेलमा नेपाले ३ विकेट गुमाएर ४५ रन जोड्न गर्न सफल भएको छ ।

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हुँदैछ । सोमवार वर्षा भएपछि खेल दुई पटकसम्म रोकिएको थियो । यस क्रममा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।

स्थगित उक्त खेल मंगलवार बिहानबाट सुरु भएको थियो । नेपाल टस जितेर वलिङमा उत्रिएपछि यूएईले ब्याटिङ सम्हालेको थियो । नेपालको उत्कृष्ठ बलिङका कारण यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सकेको थियो ।