काठमाडौँ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो ।
पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लिएको थियो । तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए ।
डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २–१ को अग्रता लिन सफल भयो ।
डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै २० अौं मैदानबाट बाहिरिनु परेको थियो । जसकाकारण पनि लोरियन्टसँग पिएसजीले १० खेलाडीमा सिमित भएर खेल खेल्नु परेको थियो ।
उता, खेल सकिन केही समय बाँकी रहदाँ ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो । त्यसपछि कतैवाट पनि गोल हुन सकेन । र, घरेलु मैदानमा पिएसजी ३–१ ले पराजित हुन पुग्यो । यस खेलमा पराजय भए पनि पिएसजी ३३ खेलबाट ७५ अंकसहित शिर्षस्थानमा छ भने लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित १०औं स्थानमा छ ।
प्रतिक्रिया