काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५४ पैसा र बिक्री दर १४४ रूपैयाँ २० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७१ पैसा र बिक्री दर १६३ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया