आजको मुद्राको विनिमय दर, कुन देशको कति ?

आजको मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। हिजोको तुलनामा आज युरोको बिक्रीदर एक रुपैयाँले बढ्दा बेलायती पाउण्डको पनि खरिददरमा एक रुपैयाँले बढेको छ ।

त्यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।