न्यूसाउथवेल्समा एकैदिन ६ हजार २ सय ८८ कोरोनाका संक्रमित, भिक्टोरियामा २ हजार बढी

न्यूसाउथवेल्समा एकैदिन ६ हजार २ सय ८८ कोरोनाका संक्रमित, भिक्टोरियामा २ हजार बढी



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्समा एकैदिन ६ हजार २ सय ८८ नयाँ कोरोनासंक्रमित थपिएका छन् । शनिबार विहान सार्वजनिक तथ्यांक अनुसार १६ वर्षमाथिका ९५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने अस्पतालमा कोभिडका कारण ३ सय ८२ जना भर्ना भएका छन् । यसमध्ये ५२ जना आईसीयूमा रहेको जनाइएको छ ।

यता भिक्टोरियामा गएको २४ घण्टामा २ हजार १ सय ८ नयाँ कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएका ८३ हजार ४ सय ५६ मा यी संक्रमित भेटिएका हुन् । ३ सय ६१ जना अस्पतालमा रहेको र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेको पनि तथ्यांक सार्वजनिक भएको छ । यससँगै राज्यमा १७ हजार ५ सय ९९ सक्रिय संक्रमित पुगेका छन् ।

यसैबीच, अष्ट्रेलियाको आन्तरिक उडानमा कोरोनाको कारण थप तनाव बढेको छ । कम्तिमा पनि ८० उडानहरु कर्मचारीहरुलाई कोरोनाको कारण आइसोलेसनमा बस्नुपरेपछि रद्द भएका हुन् । सिड्नी एयरपोर्टका प्रवक्ताले विभिन्न विमान कम्पनीका ८० उडान रद्द भएको जानकारी दिए ।