बारामा मतगणना जारीः उपेन्द्रले लिए ३४ सय मतको अग्रता, कुश्वाह पछिपछि

बारामा मतगणना जारीः उपेन्द्रले लिए ३४ सय मतको अग्रता, कुश्वाह पछिपछि


काठमाडौँ ।

बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले फराकिलो अग्रता बनाएका छन्। बारा –२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहँदा यादवले १०,१९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६,८०६ मत ल्याएर पछ्याई रहेका छन् । उनीहरूबीच तीन हजार ३९४ मतान्तर छ ।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४००११ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।