कामठाडौँ ।
प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका थिए । पछिल्लो मत परिणाम अनुसार जनमतका कुशवाहा अगाडि आएका छन्। उनले ६०१ मत पाएका छन्।
दोस्रो नम्बरमा झरेका यादवले ५७१ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो नम्बरमा छन्। खरेलले २३६ मत पाएका छन्।
यो क्षेत्रमा १ लाख पाँच हजार २४८ मतदाता छन्, जसमध्ये ६५ प्रतिशत मतदान भएको छ।
प्रतिक्रिया