काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जारी निर्वाचनमा चितवनमा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ। चितवनको भरतपुर–११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर-७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान रोकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडप भएपछि दुवै केन्द्रको मतदान प्रभावित भएको हो।
प्रतिक्रिया