काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) अष्ट्रेलियन डलर ४० पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८९ पैसा र बिक्री दर १४४ रूपैयाँ ५५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया