काठमाडौं ।
नेपाल एयरलाइन्स सञ्चालन मुनाफामा गएपछि एक वर्षको अवधिमा २ अर्ब ९४ करोड बढी सावाँ ब्याज भुक्तानी गरेको जनाएको छ । नेपाल वायुसेवा निगमको तर्फबाट प्रवक्त रमेश पौडेलद्वारा जारी विज्ञप्ति अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज चुक्ता गरेका छ ।
विज्ञप्तिमा जनाइए अनुसार गत असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुषमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको छ ।
निगम अहिले मुनाफामा सञ्चालनमा रहदा उडान र ग्राउण्ड ह्याण्डलिङबाट कमाई राम्रो गरिरहेकोले ऋषको सावा व्याज तिर्न सक्षम भइरहेको छ । निगमले अहिले दुई न्यारो बडी र दुई वाडड बडी विमान खरिद गर्दा लिएको कर्जा चुक्ता गर्दै आएको छ ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना महामारीले कन्तविजोग अवस्थामा पुगेको निगम अहिले सुखद चरणमा फर्कने प्रयासमा छ । कोरोना महामारीका कारण व्यापारमा ठूलो असर पर्दा कुनै पनि व्यवसायिक गतिविधि नभएको भन्दै निगमले सो अवधिको ब्जाज, हर्जाना र पेनल छुट एवं किस्ताको संख्या वृद्धि नगरी कर्जा भुक्तानीलाई सहज बनाइदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया