नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि


काठमाडौं, ७ पुस । नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
नेपालमा यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २ सय ३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २ सय ७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।