सोल ।
कोरियन चर्चित व्याण्ड बीटीएसका अर्का एक सदस्य जे–होप आर्मी सेवामा भर्ती भएका छन् । दक्षिण कोरियामा १८ वर्षदेखि ३५ वर्षका युवाले अनिवार्य रुपमा १८ देखि २१ महिनाको आर्मी सेवा गर्नुपर्ने नियम छ ।
गत डिसेम्बरमा व्याण्डका सदस्य जीन पहिलोपटक आर्मी सेवामा भर्ती भएका थिए । व्याण्डका अन्य सदस्य आगामी केही वर्षभित्र नै आर्मी सेवामा भर्ती हुनेछन् ।
२९ वर्षे जे–होपले हालैमात्र कपाल काटेको तस्वीर इन्स्टाग्राममा राखेका थिए । मंगलबार उनले वोन्जुमा हुने आर्मी भर्ती कार्यक्रममा जानु अघि तस्बिर पोस्ट गर्दै ‘मसँगको यात्रा राम्रो हुनेछ’ लेखेका थिए । यो तस्वीरमा झण्डै ८ मिलियन लाइक आएका छन् । धेरैले उनको कामको सराहना गरेका छन् ।
व्याण्डले जे–होपसँगको अन्तिम तस्वीर सामाजिक सञ्जालमा राखेको छ । तस्वीरमा जीन सैनिक पोसाकमा देखिएका छन् । बीटीएसलाई पनि अनिवार्य रुपमा आर्मी सेवामा सहभागिता जनाइने नियम बनाइएपछि उनीहरुको योगदानलाई कदर गर्दै यो सेवामा छुट दिनुपर्ने आवाज कोरियामा उठिरहेको छ । रक्षा मन्त्रालयले सन् २०१९ मा बीटीएसका सदस्यले पनि अनिवार्य रुपमा आर्मी सेवा लिनुपर्ने नियम बनाएको थियो ।
प्रतिक्रिया