रवि लामिछानेका ड्राइभरलाई थप उपचारका लागि काठमाडौंमा ल्याइयो

रवि लामिछानेका ड्राइभरलाई थप उपचारका लागि काठमाडौंमा ल्याइयो


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकलाई काठमाडौंमा ल्याइएको छ । उनलाई चितवनबाट हेलिकप्टरमा ल्याइएको हो ।

उनलाई नेपाल मेडिसिटी अस्पतालमा पठाइएको रविले बताएका छन् । सोमबार उनका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका थिए । सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको थियो ।

सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्,‘ हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् ९सिएमसी (पुरानो मेडिकल कलेज_ भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट ब्ष्चषित गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ । यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । यस दौरान शम्भुको शिघ्र स्वास्थ्य लाभको लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु प्रति हामी आभार व्यक्त गर्दछौँ । प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ,छिटो ठिक भएर फर्क मेरो भाइ। सिएमसी अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्।’