काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल बेलायत जाने भएका छन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी बेलायत जाने भएका हुन् ।
राजा चाल्र्सको राज्याभिषेक आगामी वैशाख २३ गते हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल वैशाख २१ गते बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका एक सहयोगीले बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमण दलका को को सहभागी हुने भन्ने विषयमा अहिले नै कुनै जानकारी गराइएको छैन । तीन दिनसम्म चल्ने राज्याभिषेक समारोहमा राष्ट्रपति पौडेल पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुने बताइएको छ ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि चाल्र्स बेलायतको राजसिंहासन विराजमान भएका थिए ।
प्रतिक्रिया