काठमाडौँ ।
संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको हो ।
मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ । राधादेवीलेसत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन्। आठ महिना अघि मात्र सत्यमोहनको १०४ वर्षको उमेरमा निधन भएको थियो।
प्रतिक्रिया